काभा महिला भलिबल च्यालेञ्ज कप : आयोजक नेपाल किर्गिस्तानसँग खेल्दै


८ जेष्ठ २०८०, सोमबार
pic 4 2gAmsXRIIR

काठमाडौँ । एनएससी काभा महिला भलिबल च्यालेञ्ज कप आज (सोमबार) देखि नेपालमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा मध्य एसिया आठ वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

आयोजक नेपालले उद्घाटन खेलमा आज सोमवार किर्गिस्तानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा दिउँसो साढे ४ बजे हुने छ । यस्तै अहिले बिहान साढे ९ बजे उज्वेकिस्तान र श्रीलङ्का खेल्दै छन् । बङ्गलादेश र भारतको खेल दिउँसो १२ बजे हुनेछ भने माल्दिभ्स र काजकिस्तानबीचको खेल बेलुका ७ बजे हुनेछ ।

प्रतियोगितामा नेपालले भोलि मङ्गलवार बङ्गलादेशसँग र पर्सि बुधवार १० गते भारतसँग खेल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । नेपालले यसअघि पुरुषतर्फको सेन्ट्रल एसियन जोन भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७