ट्रेलरले उत्साहित बनायो तर, फिल्म काँटछाट भएर बकबास हुन थाल्यो : सांसद खनाल


१० जेष्ठ २०८०, बुधबार
shishir khanall 5JsuNGEKvZ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षारत रहे पनि फिल्म हेर्नै नमिल्ने गरी काँटछाट भएको टिप्पणी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिहरु पक्राउ पर्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘यो त ट्रेलर मात्र हो, फिल्म आउन बाँकी छ’ भनेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्मको प्रतिक्षामा बसेका आफू जस्तालाई फिल्ममा गरिएको काँटछाटले निराश बनाएको बताए ।

‘प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षा गरेका बसेका थियौँ । तर, फिल्म यति काँटछाट भयो कि अब रास्वपा त्यो फिल्म हेर्न सक्दैन । बकबास हुन थाल्यो’, खनालले भने, ‘अब यसको विषयमा संसदीय छानबिन गर्नु अवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७