शरणार्थी प्रकरणमा एमाले, माओवादी र कांग्रेसलाई दोष देखाएर कोही निर्दोष हुँदैन : सांसद महासेठ


१० जेष्ठ २०८०, बुधबार
raghubir mahaseth samsad

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुवीर महासेठले सरकारको नीति तथा कार्यक्रमले जनतालाई आश्वासन मात्रै बाँडेको आरोप लगाएका छ ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रतिवद्धता जाहेर नगरेर आश्वासन, आशा र विश्वास मात्रै दिलाएको बताए । ‘यसअघि ७७, ७८, ८९ र ८० को नीति तथा कार्यक्रम प्रतिवद्धता जाहेर गरिएको थियो । तर, यसपालिको प्रतिवद्धता आश्वास, आशा र विश्वास देखाएको छ । यो आशा र विश्वासले न त देशको आर्थिक विकास हुन्छ न भौतिक विकास हुनसक्छ ।’ उनले जनतालाई आशा र विश्वास नभइ विकास प्रतिवद्धता चाहेको बताए ।

उनले फरक प्रसङ्गमा केही भीभीआईपीले गणतन्त्रविरुद्ध र व्यवस्थाविरुद्ध विदेशीहरूसँग छलफल गरिरहेको सुन्नमा आएको बताए । यदि यो कुरा सही हो भने ती भीभीआईपीको सेवा सुविधा खोस्नुपर्ने बताए । उनले भने, ‘केही भीभीआइपीले गणतन्त्रको विरुद्धमा र व्यवस्थाविरुद्ध विदेशी भूमिमा गएर विदेशीहरूसँग छलफल गरिरहेको सुन्नमा आएको छ । यदि यो कुरा सही हो भने सभामुखमार्फत् सरकारलाई अनुरोध गर्न चाहन्छु यदि भीभीआईपीहरू गणतन्त्र र व्यवस्थाविरुद्ध गएर षडयन्त्र गरिहेका छन् भने तिनीहरूको सुविधा खोसिनु पर्छ ।’

उनले आफू स्थापित हुन परिवर्तनका लागि लडेका पार्टीविरुद्ध केही शक्ति लागिपरेको भन्दै तिनीहरूबाट सावधान हुनुपर्ने बताए । भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने गरी छलफल गरिरहेको भन्ने कुरा निराधार भएको बताए । उनले भने, ‘उहाँ तीन पार्टी को हुन् उहाँहरूले बोल्नु त भएन । तर म भन्न चाहन्छु यस्ता साथीहरूलाई तीन पार्टी होइन । रातिको समयमा तपाईहरू पनि आफू बच्न बालुवाटार गएर कसरी म्याउँम्याउँ गर्नु भएको थियो । त्यो पनि हामीले बुझेका छौं ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने उनको भनाइ छ । उनले थपे, ‘अरूलाई आलोचना देखाएर आफू स्थापित हुन्छु भन्ने नसोचे हुन्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्ना नेताहरूलाई छुटाउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७