हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता गर्न पुगे काँग्रेस भोजपुरका उम्मेदवार


५ कार्तिक २०७४, आईतवार

काठमाडौं : मंसिर १० गते हुन गइरहेको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको लागि कांग्रेस उम्मेदवार हेलिकप्टर चार्टर गरेर उम्मेदवारी दर्ता गर्न भोजपुर पुगेका छन्।

solated helicopter view
सबै जिल्लाका उम्मेदवारहरु गाउँमै रहेको र चुनाव तयारी रहेको बेला काँग्रेसका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार भने हेलिकप्टर चार्टर गरेर जानु परेको हो ।
प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरका काँग्रेसका उमेशजंग रायमाझी र प्रदेशको भोजपुर ‘ख’बाट गोविन्द कार्कीले टिकट पाएका छन् ।
भोजपुरमा कांग्रेस र समाजवादी फोरम गठबन्धनले संयुक्त उम्मेदवारी दिएका छन् । प्रदेश सभाको भोजपुर (क) मा संघीय समाजवादी फोरमका अजम्बर काङबाङ राई उम्मेदवार छन् ।
यस्तै भोजपुरमा बामगठबन्धबाट प्रतिनिधीसभाको लागि माओवादी केन्द्र तर्फबाट सुदन किराती उठने भएका छन् । भने प्रदेशको ‘क’बाट राजेन्द्र कुमार राई र ‘ख’बाट प्रदेश १ को मुख्यमन्त्रीको प्रमुख प्रतिस्पर्धी रहेको एमाले नेता शेरधन राई उठेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७