इन्टर मिलानलाई कोपा इटालियाको उपाधि


११ जेष्ठ २०८०, बिहीबार

काठमाडौँ । कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ । गए राति भएको फाइनल खेलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो । फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७