सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ । आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बसेको हो ।
संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन् ।