युरोपा लिगको उपाधि सेभियालाई


१८ जेष्ठ २०८०, बिहीबार
DDWELHW2HJL5JKPB7HK4ZFOO3M scaled

काठमाडौँ । स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेभियाले उपाधि जीत हासिल गरेको हो ।

बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो । ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।

सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कतैबाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १–० अन्तरमा रहन पुग्यो । दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को अवस्थामा आयो । तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १–१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गोल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो ।

यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७