‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै


१८ जेष्ठ २०८०, बिहीबार
football
सांकेतिक तस्वीर

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । दशरथ रंगशालामा आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र पुलिसबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी २२ खेलमा २९ अङ्कका साथ आठौँ स्थानमा र समान खेलमा पुलिस ३१ अङ्कका साथ चौथो स्थानमा छ । रंगशालामा नै आज हुने दोस्रो खेलमा बेलुका ६ बजे मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार खेल्दै छन् ।

मनाङ २२ खेलमा २८ अङ्कसहित १० औँ स्थानमा छ । खुमलटार २२ खेलमा २४ अङ्क जोडेर पुछारमा छ । यस्तै च्यासल मैदानमा दिउँसो तीन बजे फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

फ्रेन्ड्स २२ खेलमा २४ अङ्क जोडेर १३ औँ स्थानमा र हिमालयन शेर्पा २९ अङ्कका साथ नवौँ स्थानमा छ । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७