पहिलो सिजनमै चर्च ब्वाइज बन्यो च्याम्पियन


२३ जेष्ठ २०८०, मंगलवार
Church boys

काठमाडौं । नव प्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेल अगाडि नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि चुमेको छ । मंगलबार भएको २५ औँ राउण्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको छ । यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि हात पारेको थियो ।

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो । चर्च ब्वाइज अघिल्लो सिजन ‘बी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लिएको थियो ।

चर्च ब्वाइजले २५ खेलबाट ४५ अंक बनाउँदै लिग च्याम्पियन बनेको हो । चर्च ब्वाइजले २५ खेलमध्ये १२ मा जित, ९ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ । दोस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लबको २४ खेलमा १० मा जित, ९ मा बराबरी र ५ खेलमा हार भोग्दै ३९ अंक बनाएको छ ।

मछिन्द्रले बाँकी दुइ खेल जितेपनि शीर्ष स्थानाम रहेको चर्च ब्वाइजलाई अंक तालिकामा भेट्ने छैन । २५ खेलबाट थ्रीस्टारले ६ खेलमा जित, ११ खेलमा बराबरी र ८ खेलमा हार भोग्दै २९ अंक बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७