‘लिभिङ टुगेदर’ मा बस्दै आएकी युवतीको कुटपिट गरी हत्या


२४ जेष्ठ २०८०, बुधबार
death woman
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी एक २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो ।

तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका–१० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउन समेत आफैंले अस्पताल पुर्‍याएको पाइएको एसपी रिजालले बताए ।

मंगलबार दिउँसो साढे ३ बजे तामाङको उपचारका लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान थालेको एसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७