वेस्ट हामले ४३ वर्षपछि जित्यो महत्वपूर्ण उपाधि


२५ जेष्ठ २०८०, बिहीबार
west 1

काठमाडौं । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार रातिको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चुमेको हो ।

वेस्ट हामले ४३ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औं मिनेटमा वेस्ट हामका लागि साइद बनेराहमाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

त्यस लगत्तै ६७ औं मिनेटमा फियोरेन्टिनाका जियाकोमो बेनाभेन्तुराले जवाफी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा वेस्ट हामका बोवेनले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण उपाधि चुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७