एमाले सांसद पन्तको चेतावनी : अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छ


२५ जेष्ठ २०८०, बिहीबार
Raghuji panta

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् । उनले चुरे छोए देशमा आगो लाग्ने बताए ।

‘अर्थमन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आ’छ । तपाईको भाषणमा पनि आ’छ । बजेटमा पनि आ’छ । तपाईले बजेटमा हाल्नु भएको छ । तर चुरे नछुनु होला, छुनु भयो भने देशमा आगो बल्छ’, उनले आज (बिहीबार) को प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै भने । उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए ।

‘चुरेको ढुङगा माटो बेचेर देशको खर्च टार्न सकिदैन’, सांसद पन्तले भने । उनले भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानी माथिको अधिकारबारे महात्मा गान्धीले नेहरुलाई दिएको जवाफ उद्रित भनेका थिए ।

‘महात्मा गान्धीका लागि नुहाउन गाग्रीमा राखिएको पानी तातिएपछि उनका सहयोगी पोखिदिए । अनि गान्धीले किन फालेको भनेर प्रश्न गरे । त्यसको जवाफमासँगै रहेका नेताहरुले गान्धीलाई चिन्ता नलिनुहोस् तपाई गंगा, यमुना र सरस्वतीको तटमा हुनुहुन्छ भने । यति भनेपछि गान्धीले त्यो नदीको पानीमा मेरो मात्र अधिकार छैन, त्यसमा लाखौं किटपंतिङ्गरको अधिकार छ । हजारौं किसानको अधिकार छ र सबै यसैगरी फाल्दै गए भने त्यो पानी अवस्था के हुन्छ ? भनेर प्रश्न गरको थिए ।’

उनले भने, ‘त्यसैले चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनु होला ।’ ‘ढुङ्गा माटो, गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाई आफै विकासन्उम्मूख देश हो । तपाई आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु’, सांसद पन्तले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७