बढ्यो रेमिट्यान्स : १० महिनामा १० खर्ब पाँच अर्ब भित्रियो


२६ जेष्ठ २०८०, शुक्रबार
doller euro

काठमाडौँ । नेपालमा विदेशबाट भित्रिने रेमिट्यान्स वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले वृद्धि बढेको छ । १० महिना अवधीमा १० खर्ब पाँच अर्ब १८ करोड भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या पनि बडेको छ । १० महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४,२१,२७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २,३८,९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७