‘युक्रेनको बाँधबाट आएको बाढीका कारण आठ जनाको मृत्यु’


२६ जेष्ठ २०८०, शुक्रबार
Ukren russia war 7

काठमाडौं । दक्षिणी युक्रेनमा शुक्रबार एउटा प्रमुख बाँध भत्किएपछि आएको बाढीबाट थप हताहत भएको र एक हप्ताभन्दा बढी समयसम्म पानीको बहाब बढ्न सक्ने रूसी अधिकारीहरूले बताएका छन् । तर युक्रेनी अधिकारीले उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको र अन्य १३ जना हराइरहेको बताएका छन् ।

‘दुर्भाग्यवश, त्यहाँ थप व्यक्ति हताहत भएका छन् । अहिलेसम्म बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या बढेर आठ पुगेको छ’, मस्कोद्वारा स्थापित खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्दोले टेलिग्राममा भने । बाढीका बारण १७ वटा बस्तीका २२ हजार २७३ घरहरू डुबानमा परेको यो पानी दश दिनसम्म निरन्तर बढ्न सक्ने उनले बताएका छन् ।

मङ्गलबार आएको बाढीका कारण २४३ बालबालिकासहित पाँच हजार ८०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको साल्डोले बताए । साल्डोले युक्रेनी सेनाले उक्त क्षेत्रमा गोलाबारी गरेको आरोप लगाएका छन् । एएफपीका पत्रकारहरूले युक्रेनको नियन्त्रणमा रहेको खेर्सन शहर र आसपासका क्षेत्रमा रूसी स्थानबाट गोलाबारी भएको बताएका छन् । रूस र युक्रेनले निप्रो नदीमा रूसको नियन्त्रणमा रहेको बाँध भत्काउनुमा एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७