लेबनान १२औं पटकको निर्वाचनबाट पनि राष्ट्रपति चयन गर्न असफल


३२ जेष्ठ २०८०, बिहीबार
lebnan samsad

काठमाडौँ । लेबनानको राष्ट्रपतिका लागि १२औं पटक निर्वाचन भएको छ, तर यसपटक पनि निर्वाचनमार्फत् राष्ट्रपति चयन गर्न त्यहाँको संसद् असफल भएको छ ।

संसद्को १२ औँ अधिवेशनमा बुधबार नयाँ राष्ट्रपति चयन गर्न असफल भएपछि देश थप राजनीतिक अनिश्चिततामा फसेको छ । राष्ट्रपति पदको दौडमा मरादा आन्दोलनका नेता स्लिमन फ्रान्गिह र त्यहाँका अर्थमन्त्री जिहाद अजौर छन् । फ्रान्गिहलाई त्यहाँको दुई ठूला दल हिजबुल्लाह र अमाल मुभमेन्टको समर्थन छ । संयुक्त गठबन्धनबाट फ्रान्गिहले ५९ मत पाउँदा प्रतिद्वन्द्वी अजौरले ५१ मत प्राप्त गरे ।

तर गणपूरक संख्या नपुगेपछि राष्ट्रपति चयन हुन नसकेको हो । सन् २०२२ को अक्टोबरमा लेबनानका पूर्व राष्ट्रपति मिचेल ओउनको कार्यकाल सकिएपछि लेबनानले राष्ट्रपति चयन गर्न सकेको थिएन । लेबनान अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ । देशलाई राष्ट्रपतिको चयन गर्न, आवश्यक सुधारहरू कार्यान्वयन गर्न र देशलाई पुनरुत्थानको मार्गमा राख्नको लागी एक नयाँ क्याबिनेट गठन गर्नुपर्ने आवाज उठ्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७