राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा शंकरदास वैरागीको शपथ


३२ जेष्ठ २०८०, बिहीबार
Shankar dah Bairagi 2 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) बिहान मात्र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त शंकरदार वैरागीलाई पदको शपथ खुवाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

Shankar dah Bairagi 1

मुख्यसचिवमा भने वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ । निर्णय लगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७