विषालु च्याउ खाँदा ओखलढुंगामा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त


१५ असार २०८०, शुक्रबार
chau
सांकेतिक तस्वीर

ओखलढुंगा । विषालु च्याउ खाँदा ओखलढुंगामा एक जनाको ज्यान गएको छ । बारीमा पलाएको च्याउ खाँदा चिसंखुगढी गाउँपालिका– ७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।

कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी छन् । असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा श्रीमान–श्रीमती नै बिरामी परेका थिए । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।

टिचिङ अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जंगली च्याउ सेवनकै कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७