१४ वर्षीया बालिका र २९ वर्षीया महिला बलात्कृत


१६ असार २०८०, शनिबार
rape unsafe women home
सांकेतिक तस्वीर

मोरङ । मोरङमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरी पक्राउ परेका छन् ।

उनलाई हिजो शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि बलात्कार गरेका हुन् ।

यसैबीच, दाङमा २९ वर्षीया महिला पनि बलात्कृत भएकी छिन् । महिलालाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–४ घर भई हाल बंगलाचुली गाउँपालिका–५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनार पक्राउ परेका छन् । उनलाई पनि हिजो शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७