राप्ती नदीको बाढीका कारण जंगल बीचमा फसेका चार जनाको उद्धार


१७ असार २०८०, आईतवार
Badhi
फाइल फोटो

नेपालगञ्ज । राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका चार जनालाई स्थानीय प्रशासनले शनिबार उद्धार गरेको छ ।

जंगलमा बाख्रा चराउन गएका छमध्ये चार जनाको उद्धार भएको र थप दुई जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो । उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ का हुन् । घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायलगायत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७