विश्वकप छनोटको अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दै


१९ असार २०८०, मंगलवार
nepali national team

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटको अन्तिम खेलमा नेपालले आज (मंगलबार) टेस्ट राष्ट्र आयरल्याण्डसँग खेल्दैछ । खेल जिम्बावेको हरारेमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेको तेस्रो खेल पनि हो ।

नेपालले सातौँ स्थानका लागि अस्ति भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्याण्डले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । यसअघि नेपालले जिम्बावे र वेस्ट इण्डिजसँग खेलिसकेको छ । नेपाल विश्वकप छनोटमा समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र एकमा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्याण्ड्ससँग ७ विकेटले हारेपछि ’सुपर सिक्स’ मा पुग्न सकेको थिएन । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदो अक्टोबर÷नोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७