सिन्धुपाल्चोकसहित १२ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सप्तरीको राजविराज आसपास भारी बर्षा


२० असार २०८०, बुधबार
Melamchi Bazar

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा बर्षा भइरहेको छ । पछिल्लो तीन घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बुधबार) कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ । आज बिहानको मापन अनुसार यी नदीहरूको जलसतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै पूर्वी राप्ती, बबई नदी र यसका सहायक नदीहरूको जलसतह सामान्य बढ्ने आंकलन छ । महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनुपर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ ।

त्यस्तै रसुव, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् । बाढी पहिरोको जोखिम भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७