भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे कान्ति लोकपथ निरीक्षण


२३ असार २०८०, शनिबार
Kanti lokpath nirixan scaled

मकवानपुर । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले काठमाडौं –हेटौंडा जोडने बैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको निरीक्षण गरेका छन् । हेटौडको बुद्धचोकदेखि ललितपुरको टिकाभैरवसम्म करिव ७९ कि.मि लम्बाई रहेको यो सडक निर्माणाधीन अवस्थामा छ ।

कुल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको २ किलोमीटर कालिपत्रे गर्न बाँकी रहेको छ । काठमाडौंबाट तराई जोडने छोटो बाटोको रुपमा रहेको यो सडक खण्डको केही भू–भागहरुमा कडा चट्टान रहेको कारणले ५ कि.मि सडक बिस्तारको काम बाँकी छ ।

सडक अवलोकनमा मन्त्री ज्वाला सहित मन्त्रालयका सचिव केशव कुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख सुरेश न्यौपाने सहभागी थिए । २०१३ सालमा ट्रयाक खोलिएको यो सडकलाई नारायणगढ मुग्लिन सडकको बिकल्पको रुपमा प्रयोग गरि २४ घण्टा सञ्चालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाइने समेत मन्त्री ज्वालाले सो अवसरमा बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७