हङकङको पार्किङस्थलमा आगजनी : २६ मोटरसाइकल जलेर नष्ट


२८ असार २०८०, बिहीबार
hongkong motorcycle

काठमाडौं । हङकङको एक पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट भएका छन् । बुधबार दिउँसो त्सेउङ क्वान ओको किंग यिन स्थानमा रहेको पार्किङस्थलमा मोटरसाइकलमा आगजनी भएको थियो । स्थानीय समयअनुसार बिहान ३ः४० मा उक्त घटना भएको हो ।

घटनाको २० मिनेटपछि घटनास्थलमा दमकल पुगी आगो नियन्त्रण गरेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भनेको भएको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको देखिएको छ । सीसीटीभी फुटेजमा उक्त क्षेत्रमा साइकलमा एक जना व्यक्ति प्रवेश गरेको र त्यसपछि आगो सुरु भएको देखिएको छ । घटनाबारे त्सेङ क्वानओका प्रहरी अधिकारीले अनुसन्धान गरिरहेका छन् भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७