भारतले चन्द्रमामा पठायो चन्द्रयान–३


२९ असार २०८०, शुक्रबार
chandrayan3

नयाँदिल्ली । भारतले आज (शुक्रबार) चन्द्रमामा चद्रयान–३ मिसन पठाएको छ । स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्र प्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको उक्त यानलाई रकेटमार्फत चन्द्रमामा पठाएको हो ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ । चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ । यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन् ।

भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो । सन् २००८ मा भारतले चन्द्रयान–१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो । अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो । चन्द्रयान–३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७