६ नदीको जलसहत बढ्ने, १० जिल्लामा बाढीको सम्भावना


३० असार २०८०, शनिबार
Badhi baglung tamankhola
फाइल फोटो

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ ।

वर्षाका कारण सुनकोशी, नारायणी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पानीको बहाब उल्लेख्य बढ्ने सम्भावना महाशाखाले जानकारी दिएको छ । त्यस्तै स्याङ्जा, कास्की, तनहुँ, नवलपरासी वर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्तापूर्व, रूपन्देही, पाल्पा, अर्घाखाँची, प्यूठान, गुल्मी र आसपास भइ बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ ।

महाशाखाले पाँचथर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, गोरखा, लमजुङ, कपिलवस्तु, दाङ, रोल्पा, बाँके, बर्दीया, बझाङ, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७