एलओडीका म्यानेजर र रिसेप्सनिष्ट पक्राउ


१ श्रावण २०८०, सोमबार
LOD THAMEL

काठमाडौं । ठमेलस्थित एलओडी क्लबका म्यानेजर र रिसेप्सनिस्ट पक्राउ परेका छन् । क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो । एलओडीबाट एक नाबालिकालाई ललितपुर पुर्‍याएर बलात्कार गरेको घटनामा उनीहरू पक्राउ परेका हुन् ।

नाबालिगलाई क्लबमा प्रवेश दिएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकी ढुङ्गानालाई जमानीमा रिहा गरिएको छ भने म्यानेजर सेढाई प्रहरी हिरासतमै छन् ।

यसअघि प्रहरीले एलओडीका सञ्चालकहरू रूदिलबल्लभ श्रेष्ठ र राजु सिंह सुवाललाई पक्राउ गरेको थियो । तर सरकारी वकिल कार्यालयले छाड्न आदेश दिएपछि उनीहरू असार २८ गते छुटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७