भारतविरुद्ध कप्तान रोहितको अर्धशतक, नेपालको सय रन पूरा


१ श्रावण २०८०, सोमबार
rohit poudel FOuUhAOr4J
फाइल फोटो

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धशतक बनाएका हुन् । उनले २८औं ओभरमा ६४ बलको सामना गरी ६ चौकाको मद्दतले ५० रन पूरा गरेका हुन् । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेट गुमाएर ११४ रन बनाएको छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो शुरुवात गर्न सकेन । नेपालका कुशल भुर्तेल शून्य, आसिफ शेख ७, देव खनाल १५, भीम सार्की ४ र कुशल मल्ल शून्य रन र सोमपाल कामी १४ रनमा आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र गुलसन झा छन् ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा रोहित र सोमपालले पारी सम्हालेका थिए । त्यसपछि छैटौँ विकेटका लागि रोहित र सोमपाल कामीले ५३ रनको साझेदारी गरेका थिए । नेपालले ताजा अवस्थामा २९ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७