मानबहादुर श्रेष्ठ फेरि राष्ट्रिय भलिबल टोलीको कप्तान


२ श्रावण २०८०, मंगलवार
man bahadur volleyball

काठमाडौं । राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानी मानबहादुर श्रेष्ठलाई दिइएको छ । साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको नेपाल भलिबल संघले जनाएको छ ।

यसअघि हरिहजुर थापालाई कप्तानबाट हटाइएको थियो । उनीमाथि अनुशासन कारबाही गरिएको हो । श्रेष्ठ यसअघि पनि नेपाली टोलीको कप्तान थिए ।

सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७