किम जोङकी बहिनी भन्छिन्, ‘अमेरिकासँग वार्ता हुँदैन’


२ श्रावण २०८०, मंगलवार
kim yo jong

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।

आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्व सन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो । उत्तरविरुद्धको अमेरिकी–कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन् ।

उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ । अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ ।

उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङ्गटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन् । अमेरिका र दक्षिण कोरियाबीच मंगलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ । कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७