बढ्यो सुनको भाउ, चाँदीको नयाँ रेकर्ड


३ श्रावण २०८०, बुधबार
Gold 2

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।

यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । चाँदी अहिलेसम्मकै महँगो भएको छ ।

चाँदी आज तोलाको एक हजार चार सय ९० रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७