सिनामंगलको शंकास्पद वस्तु डिस्पोज, एक सन्दिग्ध व्यक्ति पक्राउ


३ श्रावण २०८०, बुधबार
aarrested sinamangal 1230 1

काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राखिएको स्थानबाट प्रहरीले सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको जानकारी दिए । ती व्यक्तिको परिचय भने प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने उनले बताए ।

यसअघि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा समेत भेटिएको छ । पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसल अगाडि शंकास्पद वस्तु राखिएको हो ।

संयोजक सफलका नाममा रहेको पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुस् तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७