काठमाडौं–ललितपुरका यी ५० ठाउँमा आज ८ घण्टा विजुली नआउने (सूचनासहित)


६ श्रावण २०८०, शनिबार
Kathmandu 2 scaled

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) आठ घण्टासम्म ‘लोडसेडिङ’ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ५५ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भइरहेको छ ।

पहिलो चरणको सबस्टेसन निर्माण सम्पन्न गर्न टेकु सबस्टेसनको इनकमर– १ प्यानल तथा दुईवटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा प्रभावित हुनेछ ।

यस क्रममा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । निर्माण कार्य बिहान ८ः३० देखि अपराह्न ४ः३० सम्म हुने भएकाले प्रभावित क्षेत्रमा ८ घण्टासम्म लोडसेडिङ हुन सक्ने प्राधिकरणले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुने समयः बिहान ८ः३० देखि अपराह्न ४ः३० सम्म ।

बागमती फिडरभित्र पर्ने यी ठाउँ

सानेपा राम मन्दिर, गुसिगाल, एड्भान्स कलेज, अमरावती सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्र ।

पुल्चोक फिडर

बल्खु, हेल्थपोस्ट, झम्सिखेल, पुल्चोक प्रधान सेनापति निवास र ठाडोढुङ्गा क्षेत्र ।

पभथकतयलभनयिदबलिभतधयचपज्भचय ल्भध थभबच यााभच
चमती फिडर

ज्ञान तीर्थ मार्ग, कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारुद खाना ।

कीर्तिपुर फिडर

बल्खु, खसीबजार, त्रिभुवन विश्वविद्यालय, चोभार, टौदह र टयाङ्लाफाँटका केही भाग ।

त्रिपुरेश्वर फिडर

टेकुदेखि पचली भैरव, उद्योग वाणिज्य सङ्घ हुँदै सुकुम्बासी बस्ती, वर्ल्ड ट्रेड सेन्टर क्षेत्रमा ।

थापाथली स्विचिङ

टेकु हुँदै त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रङ्गशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सानेपा, कुपण्डोल हिमालन होटल, स्थानीय विकास मन्त्रालय, पुल्चोक क्याम्पस ।

भैँसेपाटी फिडर

महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक, एकल डाँडा ।

क्षेत्रपाटी फिडर

टेकुदेखि विष्णुमती खोला किनारहुँदै पुष्पलाल पार्क, ढल्को चोकदेखि क्षेत्रपाटीसम्म ।

वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्तिका लागि सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ । निर्धारित समयअघि नै काम सकिएमा लाइन पुनः सुरु गरिने प्राधिकरणको भनाइ छ ।

083150576bidyut Notice cuy6Ki6Ml6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७