जुम्लामा घरमा आगजनी गरेको आशंकामा १० जना पक्राउ


६ श्रावण २०८०, शनिबार
pakrau
सांकेतिक तस्वीर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–४ का ७ वटा घरमा आगजनी गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार राति गाउँपालिका विभिन्न ठाउँमा आगजनी गरेको आशंकामा १० जनालाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

पालिकाको धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७