प्रतिनिधि सभा असभ्य रुपमा सञ्चालन हुन थाल्यो : बामदेव गौतम


१२ श्रावण २०८०, शुक्रबार
Bamdev gautam

काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् ।

उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको जानकारी दिए । उनले सांसदहरु संसद्को नियमावलीलाई बेवास्ता गरी जथाभावी रुपमा उठेर बोल्ने गरेको बताए । उनले एक जनाले मात्रै बोल्नु पर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको टिप्पणी गरे ।

‘नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनै पनि संसदमा त्यस्तो हुँदैन । परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गालीगलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसद्को नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छ ।’
सांसद गौतमले भने, ‘‘एक जनाले मात्रै बोल्नु पर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्र असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद् परित्याग गरेर नयाँ संसद् बनाएका छौं ।’’

सांसद गौतमले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको बताए । उनले पछिल्लो समय प्रतिनिधि सभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको औंल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७