कोशीमा मध्यावधिमा जानु उपयुक्त विकल्प : डा. बाबुराम भट्टराई


१४ श्रावण २०८०, आईतवार
Baburam

काठमाडौं । कोशी प्रदेशमा सरकार बनाउनका लागि सत्ता गठबन्धनले राप्रपालाई फकाउन थालेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् ।

उनले घोषित रुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउ मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र भन्दै प्रश्न गरेका छन् ।

उनले कोशी प्रदेशलाई १ नम्बर प्रदेश समेत भनेका छन् । उनले यस्तै सत्ता लिप्साले गणतन्त्र कमजोर बन्ने र प्रतिक्रान्तिको आधार तय हुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७