नागढुङ्गा सुरुङ मार्गको ‘उद्धार सुरुङ’ आज छिचोलिँदै


२२ श्रावण २०८०, सोमबार
Nagdhunga surung 3
फाइल फोटो

काठमाडौँ । नागढुङ्गा सुरुङमार्गको रेस्क्यु सुरुङ अर्थात उद्धार सुरुङ आज (सोमबार) छिचोलिने भएको छ । आज दिउँसो खनिसकेर सुरुङ छिचोलिने (ब्रेक थ्रु’) हुन लागेको हो ।

रेस्क्यु सुरुङ अब एक मिटर मात्र खन्न बाँकी रहेको सडक विभागको विकास सहायता समन्वय महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यु टनेल छिचोलिने छ ।

सुरुङ मार्गमा धादिङ तर्फबाट प्रवेश गरेर काठमाडौँतर्फ निस्कने कार्यक्रम छ । विसं २०७६ साल कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । दुई दशमलव छ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७