गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै संसदमा एमालेको अवरोध, वैठक स्थगित

उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने एमालेको अडान


२३ श्रावण २०८०, मंगलवार
Samsad awarodh

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि संसद् बैठक भोलि (बुधबार) सम्मका लागि स्थगित गरिएको छ ।
सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि प्रमुख प्रतिपक्षी दल एमालेले नाराबाजी गरेको थियो ।

गृहमन्त्रीले सुन तस्करी प्रकरणमा चित्तबुझ्दो जवाफ दिनुको सट्टा संसद अवरोध हुनुमा प्रतिपक्षी दलमाथि दोष थापर्ने काम गरेको भन्दै एमाले सांसदले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास र सुन तस्करी प्रकरणलाई लिएर दिएको जवाफमा आपत्ति जनाएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले एमालेले संसद् अवरोध गरेका कारण आफूले आएर जवाफ दिन नपाएको आशय व्यक्त गरेपछि एमालेले आपत्ति प्रकट गरेको हो । यसबीचमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक चलेको स्मरण गराउँदै एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले आफूहरुलाई दोष दिएर उम्किन नपाउने बताएका छन् ।

साउन ३ गते बरामद भएको १०० केजी सुनबारे गृहमन्त्री र अर्थमन्त्रीलाई थाहा नभई प्रधानमन्त्रीलाई मात्रै थाहा भएको विषय नै शंकास्पद रहेको उनले बताए । सुन तस्करी प्रकरणको अनुसन्धानको दायरमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि ल्याउनुपर्ने बताउँदै बर्तौलाले त्यसकै लागि उच्चस्तरीय समिति चाहिएको बताए ।

उनले उच्चस्तरीय छानबिन समितिको माग यथावत रहेको बताउँदै सरकारले तस्करलाई संरक्षण गरिरहेको पनि उल्लेख गरे । संसदीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागपछि सभामुख देवराज घिमिरले साउन बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७