राष्ट्रियसभामा एमालेसँगै सत्तापक्षकै अवरोध, बैठक स्थगित


२६ श्रावण २०८०, शुक्रबार
Samsad rastriyasabha scaled

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवै पक्ष उभिएपछि राष्ट्रियसका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । शुक्रबारको बैठकमा सुरुमा दलीय आधारमा सांसदहरुले समसामयिक विषयमा धारणा राखेका थिए ।

जब राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा अगाडि बढाउन खोजे तब एमालेका सांसदहरुले उठेर अवरोध गरे । तिमिल्सिनाले एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए । तर सत्ता पक्षका सांसदहरु पनि उठेर विरोध गरे ।

१० मिनेटभन्दा बढी समय प्रतिपक्षसँगै सत्ता पक्षका सांसदहरु आ आफ्नो स्थानमा उभिएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले ‘सत्ता पक्षका सांसदहरुको सद्भाव रहेछ, उहाँहरु (प्रतिपक्ष) उठेपछि उहाँहरु (सत्ता पक्ष) पनि उठ्नु भएको छ’ भन्दै ठट्टा पनि परे, कि उठीउठी हाउस चलाउने हो ?’

उनले कार्यसूचीमा अगाडि बढाउन आग्रह गरे । तर दुवै पक्षका सांसदहरु नबसेपछि कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक नै स्थगित गरे । अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७