पाँच दिनदेखि बेपत्ता महिलाको शव सुँगुर खोरमा गाडिएको अवस्थामा भेटियो


२७ श्रावण २०८०, शनिबार
hatya

तेह्रथुम । तेह्रथुम को आठराईमा पाँच दिनदेखि एकाएक बेपत्ता भएकी एक महिलाको शव सुँगुरको खोरमा गाडेको अवस्थामा फेला परेको छ । गत मंगलबार (साउन १४ गते) देखि एकाएक हराइरहेकी आठराई गाउँपालिका–१ डाँडागाउँकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव आज (शनिबार) उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

पाँच वर्षयता रेशिकाले श्रीमान राजकुमार श्रेष्ठसँगै श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन चलाउँदै आएकी आएकी थिइन् । क्यान्टिनमा खाजा र किराना पसल चलाउँदै आएकी श्रेष्ठ एकाएक पसलबाट हराएको भन्दै श्रीमान राजकुमार श्रेष्ठले इलाका प्रहरी कार्यालय संक्रान्ती बजारमा खोजीका लागि निवेदन दिएका थिए ।

प्रहरीले खोजी गरिरहेकै समयमा गत साउन २४ गते बिहानैदेखि श्रीमान राजकुमार पनि सम्पर्कविहीन भएका थिए । प्रहरी, स्थानीय र माइती पक्षले शनिबार खोजी तीव्र बनाउँदा रेशिकाको शव खोरभित्र गाडेको अवस्थामा फोला परेको हो ।
रेशिकाको शव उनकै पसल पछाडि रहेको सुँगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको हो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ गएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा श्रीमानमाथि शंका उब्जिएको भन्दै प्रहरीले राजकुमारमाथि अनुसन्धान सुरु गरेको छ । श्रेष्ठ दम्पतीबीच समय समयमा झगडा हुने गरेको स्थानीयहरूले जानकारी दिएका छन् ।

श्रेष्ठ दम्पतीले १० वर्षको कागज गरेर एक लाख रुपैयाँ बन्धकी राखेर नजिकै रहेको श्रीकृष्ण माविको क्यान्टिन चलाउँदै आएको सोही विद्यालयका शिक्षक उमानाथ भण्डारीले जानकारी दिए । तर सो क्यान्टिन केहि दिन अघि मात्र राजकुमारले बिक्री गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७