ललिता निवासबारे प्रधानमन्त्रीको प्रश्न : अदालत किन बीचमा बोल्यो ?


३० श्रावण २०८०, मंगलवार
pm 2

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारस्थित ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन् ।

आज (मंगलबार) बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको सुनाए । ललिता निवास प्रकरणमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफाइलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्व प्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको प्रचण्डको भनाइ छ ।

‘हामी अगाडि बढेको बेला मन्त्रीहरुसम्म पुगेको थियो । पूर्व प्रधानमन्त्रीसम्म पनि पुग्थ्यो होला, तर बीचमा अदालतले किन बोल्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो मैले हेर्दा सामान्य लाग्दैन । तर म अदालतको निर्णयलाई सम्मान गर्छु ।’

उनले थपे, ‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौं । अस्ती सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो । अहिले अदालतको आदेशपछि मन्त्री–प्रधानमन्त्रीले काम गर्ने÷नगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका–न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो । यस्तो हुँदा कार्यकारीले कसरी फङक्सन गर्ने ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७