महिला विश्वकप फुटबल : उपाधिका लागि स्पेन र इङल्याण्ड भिड्ने


३१ श्रावण २०८०, बुधबार
women worldcup LGhIKjbAqh

काठमाडौँ । महिला विश्वकपको फुटवल उपाधिका लागि स्पेन र इङल्याण्ड भिड्ने भएका छन् । स्टेडियम अस्ट्रेलियामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई ३–१ गोलअन्तरले पराजित गर्दै इङल्याड उपाधि नजिक पुगेको हो । सन् २०१५ मा क्यानडामा आयोजित विश्वकपमा तेस्रो भएको इङल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा इल्ला टोने, लोरेन हेम्प र एलेसिया रुसो गोल गरे। अस्ट्रेलियाका लागि साम केरले गरेको गोल सान्त्वना मात्र भयो । खेलको ३६औं मिनेटमा इङल्याण्डले टोनेको गोलमार्फत् अग्रता लिएको थियो । पहिलो हाफमा एक गोलले पछाडि रहेको अस्ट्रेलिया खेलको ६३ औं मिनेटमा खेलमा फर्कियो । अस्ट्रेलियाका लागि सामले बराबरी गोल फर्काइन् ।

तर ७१ औं मिनेटमा हेम्पले गोल गर्दै इङल्याण्डलाई जित नजिक पुर्‍याइन् । ८६ औं मिनेटमा रुसोले गोल गर्दै ३–१ गोलअन्तरले इङल्याण्डको जित सुनिश्चित गरिन् । कोलम्बियालाई क्वार्टर फाइनलमा पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा पुगेको थियो । अब इङल्याण्डले उपाधिका लागि २० अगस्टमा स्पेनसँग खेल्ने छ । स्वीडेनलाई पराजित गर्दै स्पेन पनि पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७