मालीमा बन्दुकधारीद्वारा २१ जनाको सामुहिक हत्या


३ भाद्र २०८०, आईतवार

माली । अफ्रिकी देश मालीमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ । मध्य मालीको मोप्ती क्षेत्रको एउटा गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए । यस क्रममा उनले २१ जनाको हत्या गरेको समाचारमा जनाइएको छ ।

विदेशी सञ्चारमाध्यमका अनुसार स्थानीय स्रोतहरूले शनिबार दिउँसो मोप्तीको बन्दियागरा सहर नजिकैको यारु गाउँमा केही आक्रमणकारी प्रवेश गरेको बताएका छन् । उनीहरुले निशाना बनाएर गोली चलाएको जनाइएको छ ।

सो आक्रमणमा परी महिलासहित २१ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७