इन्जिनियरिङ विद्यार्थीका लागि अध्ययन केन्द्र बन्दै नेपाल इको प्यानल


४ भाद्र २०८०, सोमबार
eco

काठमाडौं। हिमालयन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिद्धारा सञ्चालित एचआईएसटी (हिस्ट) इन्जिनियरिङ कलेज ग्वार्को ललितपुरका विद्यार्थी सोमबार भक्तपुरको नेपाल इको प्यानलको कारखानामा पुगेका छन् ।


कलेजमा इन्जिनियरिङ संकाय अन्तर्गत वीई सिभिलका प्रथम सेमेष्टर २०२२ अध्ययनरत विद्यार्थी इन्जिनियरिङ मेटेरिअलको फिल्ड भिजिटको क्रममा जिल्लाको चाँंगुनारायण नगरपालिका ३ झौखेलस्थित नेपाल इको प्यानलको कारखानामा पुगेका हुन् । त्यहाँं पुगेर नवइन्जिनियर विद्यार्थीले एकदिने भ्रमण गरेका थिए ।


कलेजका प्रशाशन अधिकृत रवीन ढकालले विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी प्राक्टिकल नलेज दिन भ्रमण गराइएको बताए । एकदिने भ्रमणमा कलेजका ५५ जना विद्यार्थी सहभागी गराइएको उनले जनाए ।
नेपाल इको प्यानल इको प्यानल निर्माण गर्ने गर्दछ । नेपाल इको प्यानल आधुनिक निर्माण सामाग्री हो । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा यसको प्रयोग हुन्छ ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले विद्यार्थीलाई इको प्यानल उत्पादनको क्रममा हुने सुरुदेखि अन्तिमसम्मको प्रक्रियाबारे जानकारी गराइएको बताए । यसमा विद्यार्थीले अभिरुचिपूर्वक सहभागिता जनाएको उनले जानकारी गराए । यस्ता भ्रमणले
विद्यार्थीलाई विशेष जानकारी प्राप्त हुने विश्वास उनको थियो । साथै यसले विद्यार्थीलाई कितावमा पढेका विषयवस्तुबारे अझ गहिरो रुपमा बुझ्न सहयोग मिल्ने उनको अनुभब छ ।
नेपाल इको प्यानलको कर्पारेट अफिस भने जिल्लाको सल्लाघारी (डा इवामुरा अस्पतालसँंगै) मा रहेको छ । यसले देशभरका विभिन्न ठाउँंहरुमा डिलरमार्फत आफना निर्माण सामग्री विक्रीवितरण गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७