ट्रम्पले गरे जर्जियाको जेलमा आत्मसमर्पण, ऐतिहासिक तस्वीर सार्वजनिक


८ भाद्र २०८०, शुक्रबार
trump 2YoRPdqcYf

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलसमक्ष आत्मसमर्पण गरेका छन् । सन् २०२० को निर्वाचन परिणाम अस्वीकार गरी उल्टाउने प्रयास अभियोगको मुद्दामा उनले आत्मसमर्पण गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पले आरोपहरू अस्वीकार गरेका छन् । आफूमाथिका आरोपहरू राजनीतिक प्रेरित रहेको दाबी उनले गरेका छन् । आत्मसमर्पण गरेका ट्रम्पको औँठाछाप र अनुहारको तस्वीर लिइएको छ । साथै, उनको जमानत २ लाख डलर तोकिएको छ । उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सहप्रतिवादीहरूले पनि सोही मुद्दामा आत्मसमर्पण गरेका छन् ।

ट्रम्पको जेलबाट आधिकारिक तस्बिर, जसलाई मगसट भनिन्छ, जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो । उनीहरुले बुधबार आत्मसमर्पण गरेका थिए । त्यसको भोलिपल्ट ट्रम्पले आत्मसमर्पण गरेका हुन् । सन २०२४ को निर्वाचनमा भाग लिने तयारीमा रहेका ट्रम्पमाथिको यो चौथो आपराधिक मुद्दा हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७