माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला


८ भाद्र २०८०, शुक्रबार
prakash jwala 2 scaled

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको जिकिर गरेका छन् ।

आज (शुक्रबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे । समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको समेत उनको जिकिरि थियो ।
मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए । उनले अदालतले दोषी सावित गरे पनि वा ओभरसाइट एजेन्सीहरूले भने पनि त्यसलाई नागरिकले नपत्याउने जिकिर गरे ।

उनले भने, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ? सायद समकालीन नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविको नेता माधव नेपाल हुन् । भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन । हामी जुनसुकैले निर्णय गरे पनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरू कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरूले बोलुन्, त्यसलाई नागरिकले पत्याउँदैनन् ।’ मन्त्री ज्वालाले माधव नेपालमाथि आरोप लगाएर एकीकृत समाजवादी पार्टी कमजोर बनाउने षड्यन्त्र भएको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७