मेलम्ची नदीको बाढीले बगायो सिन्धुपाल्चोककै जेठो विद्यालय


९ भाद्र २०८०, शनिबार
Melamchi Badhi Saraswati School

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा आएको बाढीले जिल्लाकै जेठो विद्यालय बगाएको छ । निरन्तर वर्षाका कारण मेलम्ची नदीमा आएको भीषण बाढीले हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालय बगाएको हो ।

Melamchi

बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । निरन्तर वर्षाका कारण को शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७