भक्तपुरमा १७ वर्षीया किशोरी र उदयपुरमा ५८ वर्षीया महिला बलात्कृत


१२ भाद्र २०८०, मंगलवार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरको पलासेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौं नरेफाट बस्ने इलामको इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, उदयपुरमा ५८ वर्षीया महिला बलात्कृत भएकी छिन् । उनमाथि बलात्कारको आरोपमा जिल्लाको कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जयबहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७