सन्दीपले नेपाललाई दिलाए चौथो सफलता


१३ भाद्र २०८०, बुधबार
thumb 3

काठमाडौँ । नेपालले खेलको २८ ओभरमा पाकिस्तानको चौंथो विकेट लिन सफल भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा सन्दीप लामिछानेले चौथो सफलता दिलाएका छन्।

आफ्नो करियरको ५० औं ओडीआई खेल खेपिलरहेका सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियन पठाए।

सलमानले १४ रनमा ५ रन बनाएको अवस्थामा सन्दीपको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्। २८ औँ ओभरको खेल सकिँदा पाकिस्तानले ४ विकेटको क्षतिमा १२४ रन बनाएर खेलिरहेको छ। कप्तान बाबर आजम ५१ रनमा नटआउट छन्। क्रिजमा बाबर ५१ र इफ्तर अहमद २ रनमा नटआउट छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७