सुशासनको अभियान असफल गराउने दुष्प्रयत्न भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ


१४ भाद्र २०८०, बिहीबार
narayankaji shrestha
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको आरोप लगाएका छन् ।

आज (बिहीबार) नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् । जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरू संगठित भएर सरकारको अभियान असफल गर्न लागेका उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । तर, सरकारले सुशासनको अभियानबाट विश्राम नलिने उनले बताए ।

‘सुशासन जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न गर्दैछन्,’ श्रेष्ठले भने, ’तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन ।’

सुशासनको अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइछाड्ने श्रेष्ठको भनाइ छ । देशलाई समृद्ध बनाउन राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७