युद्धबाट समस्या समाधान नभए देश टुक्रिन पनि सक्छ : बुर्हान


१५ भाद्र २०८०, शुक्रबार
Sequence 62.00 03 00 23.Still1270

काठमाडौँ । सुडानका संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले वर्तमान युद्धबाट समस्या समाधान नभए देश टुक्रिन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार उनले पूर्वी सुडानको रेड सी राज्यको राजधानी सहर पोर्ट सुडानमा सुडानी प्रहरी नेताहरूलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरू देशमा युद्धको सामना गरिरहेको र यदि आवश्यकताअनुसार छिटो समाधान नभए देश टुक्रिन सक्ने खतरा रहेको बताए ।

उनले युद्ध अन्त्य गर्न जोड दिँदै युद्धपछिको व्यवस्थाका लागि तयार रहन नागरिकसँग आवह्वान गरे । उनले अधैसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ का लडाकुहरूलाई आफ्नो हतियारसहित आत्मसमर्पण गर्न आग्रह गरे । आरएसएफले दारफुर र खार्तुममा युद्ध अपराध गरेको र जिम्मेवार व्यक्तिहरू जबाफदेही बन्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७